Logo

राजनीति

विवेकशील साझाको पार्टी अध्यक्षबाट रविन्द्र मिश्रले दिए राजीनामा


GDP नेपाल
   ११ जेष्ठ २०७९, बुधबार


विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा प्राप्त परिणामको जिम्मेवारी लिँदै मिश्रले बुधबारबाटै लागू हुने गरी पार्टी अध्यक्षबाट राजीनामा दिएका हुन् ।

‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ। गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु म पार्टीको साधारण सदस्य रहिरहने छु।’ उनले भने

त्यस्तै, उनले संयोजक मिलन पाण्डेलगायतका नेताहरूमाथि गरिएको कारवाही पनि फिर्ता लिन आग्रह गरेका छन् ।

राजीनामा दिएका सबैलाई पुनः पार्टीमा सामेल हुन आग्रह गर्दै उनले भने ‘मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई-तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजकलगायत कतिपयलाई कारबाही गरिएको थियो। सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु। त्यस्तै, सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु।’

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह