Logo

कर्पोरेट-बजार

टोयोटाका २४ लाख हाइब्रिड कारमा त्रुटी, १० लाख फिर्ता


appharu
   २२ आश्विन २०७५, सोमबार


एजेन्सी । जापानी कार कम्पनी टोयोटाका झन्डै २४ लाख हाइब्रिड कार निर्माणकै क्रममा गम्भीर त्रुटी देखिएको छ । दुर्घटना हुन सक्ने त्रुटिका कारण कम्पनीले सवारी फिर्ता गर्ने जनाएको छ ।

टोयोटाले सेप्टेम्बरमा विश्वव्यापी गरेर १० लाखभन्दा बढी हाइब्रिड सवारी फिर्ता गर्न लागेको जनाएको थियो । आगो लाग्न सक्ने त्रुटिका कारण उक्त मात्रामा सवारी फिर्ता गर्ने फर्मले जनाएको हो ।

पछिल्लो फिर्ताले टोयोटका केही मोडल प्रिअस र अउरिस हाइब्रिड सवारी प्रभावित भएका छन् । यी सवारी २००८ को अक्टोबरदेखि २०१४ को नोभेम्बरसम्म उत्पादन गरिएका हुन् । यो फिर्तामा जापानमा मात्रै १० लाख भन्दा बढी कार प्रभावित भएका छन् ।

जापानबाहेक उत्तर अमेरिकामा ८ लाख ३० हजार, युरोपमा २ लाख ९० हजार, चीनमा ३ हजार र बाँकी विश्वका अन्य भागबाट सवारी फिर्ता हुने भएका छन् ।
“त्रुटिपूर्ण अवस्थामा सवारीहरूले क्षमता गुमाउने र रोकिने गर्छन् । यसैबीच पावर स्टियारिङ र ब्रेकिङ सञ्चालनमा आएको अवस्थामा पनि सवारी रोकिने र उच्च गतिको समयमा दुर्घटनाको जोखिम हुने छ,” टोयोटाले जनाएको छ ।
यो विषयसँग सम्बन्धित तीनवटा गलत काम भएको टोयोटालाई उद्र्धृत गर्दै जापानको यातायात मन्त्रालयले जनाएको छ, तर यो त्रुटिबाट कुनै पनि दुर्घटना भने भएका छैनन् ।

प्रकाशित : २२ आश्विन २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह