Logo

अर्थनीति

राष्ट्र बैंकका दुई सञ्चालकले लिए शपथ


GDP Nepal
   १२ जेष्ठ २०७९, बिहिबार


काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिवाकोटी र आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष शपथ लिएका हुन् ।

सर्वोच्च अदालतमा बिहीबार आयोजित एक कार्यक्रमका बीच कायमककायम प्रधानन्यायाधीश कार्कीले उनीहरूलाई शथप ग्रहण गराए ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति जेठ ६ गतेको निर्णयअनुसार सिवाकोटी र भएका हुन् । सिवाकोटी बैंकका पूर्व डेपुटी गभर्नर र आचार्य पूर्व कार्यकारी निर्देशक हुन् ।

सिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकास्थित साउथर्न न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले यनिभर्सिटी अफ नर्थ बङ्गाल. भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् ।

ऐनको दफा १७ मा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रिपरिषद्ले बैंकको सञ्चालकमा नियुक्त गर्ने प्रावधान छ ।


सञ्चालकको कार्यकाल पाँच वर्ष हुने व्यवस्था छ ।


शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेल, सहरजिष्ट्रारद्वय विमल पौडेल र नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटा र निर्देशक थानेश्वर आचार्यलगायतका अधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित : १२ जेष्ठ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह