काठमाडौं । नेपालीहरुको महान चाड दशैं ढोकामै आइपुग्न लाग्दा १६ हजार भेडा भेडाच्याङग्रा राजधानी ल्याउने क्रममा छन् । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाँै लगायतका व्यापारीले यी भेडाच्याङग्रा खरिद गरी राजधानी काठमाडौँ ल्याउन लागेका हुन ।
यतिबेला व्यवसायीहरु भेडाच्याङग्रा किन्न मुस्ताङसम्म पुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोम सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा बिक्री भइसकेको जनाएको छ । सोरबारसम्म १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु चिकित्सक डा शिव भुसालले जानकारी दिए ।
दशैंका लागि ल्याइएका खसी बोका च्याग्रा अस्वथ्य पाइएपछि सरकारले सिङबाट छुट्याउने भएको छ ।पशु चिकित्सक खटाएर सरकारले खसि बोका तथा भेडा च्याङग्राको स्वाथ्य परिक्षण गरिनेछ । हरियो भएमा स्वथ्य र रातो रङ लगाइएको भए त्यो अस्वथ्य हुने पशु सेवा विभागका बरिष्ठ अधिकृत डा. चन्द्र ढकालले जानकारी दिए ।
दशँैका लागि जिल्लाबाट करीब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ । नेपाल खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट एक हजार च्याङ्ग्रा काठमाडौँ लैजाने भएको छ । पाँच सय ५० च्याङ्ग्रा मुस्ताङबाट पठाइसकेको संस्थानको जोमसोमस्थित कार्यालयका प्रमुख गङ्गाप्रसाद शाहले बताए ।
मुस्ताङमा एउटा च्याङग्रा १७ हजारदेखि २२ हजार तथा भेडा १४ हजारदेखि १७ हजारका दरले खरिद बिक्री भइरहेको छ । प्रतिकिलो ५३० का दरले च्याङ्ग्रा खरिद गरेको संस्थानले काठमाडाँैमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो ६५० का दरले बिक्री गर्ने जनाएको छ ।
प्रतिक्रिया