Logo

सूचना/प्रविधि

के हो विमान दुर्घटनापछि खोजिने ‘ब्ल्याक बक्स’ ?


GDP नेपाल
   १७ जेष्ठ २०७९, मंगलबार


प्राविधिक रूपमा फ्लाइट डाटा रेकर्डर भनेर चिनिने ब्ल्याक बक्स, एउटा उपकरण हो जसले हवाईजहाजको उडानको क्रममा सबै गतिविधिहरू रेकर्ड गर्दछ।

हवाईजहाजमा सामान्यतया दुईवटा ब्ल्याक बक्सहरू हुन्छन्, एउटा अगाडि र अर्को विमानको पछाडि भागमा । यसले उडानको बारेमा हरेक जानकारी रेकर्ड गर्छ र विमान दुर्घटना निम्त्याउने कारणहरु पत्ता लगाउन मद्दत गर्दछ।

रेकर्डिङ सुविधा भएका कारण नै ब्ल्याक बक्स उड्डयन अनुसन्धान उद्योगको सबैभन्दा विशेष उपकरणहरू मध्ये एक मानिन्छ । उड्डयन अनुसन्धानमा विशेष भूमीका खेल्ने भएकै कारण यसलाई ग्रेनाइट जत्तिकै बलियो बनाउन सोही अनुरुप डिजाइन गरिएको हुन्छ ।

यसको निर्माणमा प्रयोग गरिएका सामाग्रीका आधारमा यसलाई ११ सय डिग्री सेल्सियसको तापक्रममा पनि राख्न सकिन्छ । ब्ल्याक बक्स विमानमा राखिनु अघि नै धेरै सुरक्षा परीक्षणहरूको अधीनमा रहेको हुन्छ । यी सुरक्षा परीक्षणहरूमा पास भएको ब्ल्याक बक्स मात्र विमानमा प्रयोग गरिन्छ।

विशेषत ब्ल्याक बक्समा दुई अलग बक्सहरू हुन्छन् :

उडान डाटा रेकर्डरः

यो बक्समा दिशा, उचाइ, इन्धन, गति, टर्ब्युलेन्स, केबिनको तापक्रम आदिबारे जानकारी समावेश हुन सक्छ। यसमा लगभग २५ घण्टाको लागि ८८ वटा मानहरू रेकर्ड गर्न सकिन्छ। यो बक्सले एक घण्टाको लागि लगभग ११ सय डिग्री सेल्सियस तापक्रम र १० घण्टाको लागि २६० डिग्री सेल्सियसको तापमान सहन सक्छ। यी बाकसहरू रातो वा गुलाबी रंगका हुन्छन् ताकि दुर्घटना भएको अवस्थामा सजिलै पाउन सकियोस्।

ककपिट भ्वाइस रेकर्डरः

यो बक्सले पछिल्लो दुई घण्टामा हवाइजहाजको आवाज रेकर्ड गर्छ। यसले इन्जिन, आपतकालीन अलार्म, केबिन र ककपिटको आवाज रेकर्ड गर्छ जसले गर्दा कुनै पनि दुर्घटना हुनुअघि नै विमानको अवस्थाको अनुमान लगाउन सकिन्छ।

यसले कसरी काम गर्छ ? 

यस अघि भने झै ब्ल्याक बक्स बलियो धातुबाट बनेको हुन्छ । यसले बिना बिजुली ३० दिनसम्म काम गर्न सक्छ। कुनै दुर्घटनाका कारण यो बाकस कतै हराएमा यसले लगभग ३० दिन सम्म बीप आवाजसंग छालहरू उत्सर्जन गरिरहन्छ। यो आवाज अन्वेषकहरूले करिब २-३ किलोमिटर टाढाबाट पहिचान गर्न सक्छन्।

ब्ल्याक बक्सको सन्दर्भमा एउटा चाखलाग्दो तथ्य यो हो कि यसले समुद्रमा १४ हजार फिट गहिराइबाट छालहरू उत्सर्जन गर्न सक्छ । ब्ल्याक बक्सले विमान दुर्घटनाको स्पष्ट तस्विर प्रतिबिम्बित गर्दैन र कतिपय आकस्मिक घटनाहरूमा यो शायदै फेला पार्न सकिए पनि विमान दुर्घटनाको अनुसन्धानमा यसले महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा भने पक्का छ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह