काठमाडौं । निजी क्षेत्रले कुनै पनि आरोपकै भरमा ‘थुन्ने अनि सुन्ने’ सरकारी रवैयाको विरोध गरिरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआईबी)ले भने व्यवसायीलाई धमाधम पक्राउ गरिरहेको छ ।
सीआईबीले पक्राउ नगरी जुनसुकै बेला बोलाएर सोधपुछ गर्नुसक्ने समाजका स्थापित व्यवसायीलाई बदनाम गराउने नियतसहित काम गरिरहेको देखिन्छ ।
यसै क्रममा गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यलाई बुधबार पक्राउ गरिएको छ । सीआईबीले शाक्यलाई ललितपुरस्थित भनिमण्डलबाट पक्राउ गरेको हो ।
प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनसहित उच्चपदस्थ अधिकारीलाई सीआईबीले पक्राउ गरिसकेको छ ।
बैंकले प्रवाह गर्ने कर्जाको नियमन र सुपरीवेक्षण गर्ने राष्ट्र बैंक हो । तर, अहिले भने सीआईबी प्रोएक्टिभ भएर सस्तो लोकप्रियताका लागि धमाधम व्यवसायीलाई पक्राउ गरिरहेको छ । यसमा केन्द्रीय बैंकसमेत मौन देखिएको छ ।
प्रचलित कानुन विपरीत कार्य गरी प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको आरोपमा शाक्यलाई पक्राउ गरिएको सीआईबीले दावी गरेको छ ।










प्रतिक्रिया