Logo

अर्थनीति

भाग्ने सम्भावना देखिएपछि क्यानका डीजी प्रदीप अधिकारीलाई पक्राउ गरेरै मुद्दा चलाइयो !


gdpnepal
   १८ मंसिर २०८२, बुधबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्ययन प्राधकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी पक्राउ गरेको छ । भ्रष्टाचार मुद्दामा ठूला अभियुक्तलाई पक्राउ नगरी मुद्दा चलाइने गरिए पनि भाग्ने सम्भावना देखिएपछि अधिकारीलाई पक्राउ गरेरै मुद्दा चलाइएको हो ।

अख्तियार टोलीले अधिकारीलाई बुधबार पक्राउ गरेको हो ।

शक्तिकेन्द्रको आडमा अनेकौं काण्ड मच्चाउँदै आएका अधिकारीलाई अहिले भने भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भएको अनियमितता आरोपमा पक्राउ गरिएको हो ।

अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रकरणमा अधिकारीसहितलाई पक्राउ गरेर विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यसअघि संसदीय समितिले उनलाई निलम्बन गरी छानबीन गर्न आदेश दिए पनि सरकारले समितिको आदेश पालना गरेको थिएन ।

 

प्रकाशित : १८ मंसिर २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह