Logo

राजनीति

प्रेमीकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा मन्त्री बिमला वली पक्राउ


GDP नेपाल
   ३१ जेष्ठ २०७९, मंगलबार


लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वली पक्राउ परेकी छन् ।

वलीलाई मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कस्थित एकराज बस्नेतको घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । बस्नेतको घर भित्र छिरेर उनकी श्रीमती मीना भण्डारी बस्नेत र छोरीमाथि हातपात गरेपछि प्रहरीले मन्त्री वलीलाई नियन्त्रणमा लिएको हो । वलीले हातपात गर्नुका साथै घरभित्र रहेका सामान तोडफोड समेत गरेको पिडितले बताइन् ।

बस्नेतकी श्रीमतीले प्रहरीमा उजुरी दिँदै वलीले एकराजलाई आफ्नो श्रीमान् दाबी गर्दै आफूमाथि हातपात गरेको बताएकी हुन् ।

केही समय अघि मात्र सामाजिक सञ्जाल फेसबुकमा मन्त्री वली र वाईसीएल कार्यकर्ता एकराजको चुम्बन गरेको तस्वीर सार्वजनिक भएको थियो । सो समयमा भने वलीले आफ्नो फोटो इडिट गरेर चरित्र हत्या गर्न खोजिएको दावी गरेकी थिइन् ।

नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको सवारी दुर्घटनामा परि मृत्यु भएपछि उनकी श्रीमती बिमला खत्री वली सांसदमा निर्वाचित भएकी थिइन।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह