Logo

राजनीति

दरबार हाईस्कुललाई राष्ट्रिय स्तरको नमुना विद्यालय बनाइने


GDP Nepal
   ५ असार २०७९, आइतबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबार हाईस्कुललाई राष्ट्रिय स्तरको नमुना विद्यालयको रुपमा संचालन गर्ने जनाएको छ ।

महानगपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दरबार हाईस्कुललाई राष्ट्रिय स्तरको नमुना विद्यालयको रुपमा संचालन गर्न आवश्यक प्रबन्ध मिलाउने जनाएको छ ।

महानगरले वडास्तरीय सामुदायिक सिकाई केन्द्र मार्फत अनौपचारिक शिक्षा र सिप बिकास प्रबर्धन गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।

यस्तै, सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य जांच, प्राथमिक उपचार र स्वास्थ्य सचेतनाको लागि महानगरपालिका सहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई परिचालन गरिने उल्लेख छ ।

आवासीय संस्थागत बिदयालयमा कम्तिमा १ जना चिकित्सक र सम्भावित विपद जोखिम न्यूनीकरणका लागि अग्नी नियन्त्रण उपकरण जडान गर्न आबश्यक प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित : ५ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह