Logo

राजनीति

योग दिवसका अवसरमा अल्फा बिटा ग्रुपको निशुल्क योग प्रशिक्षण


GDP नेपाल
   ७ असार २०७९, मंगलबार


योग दिवसको अवसर पारेर अल्फा बिटा ग्रुपले निशुल्क योग प्रशिक्षण दिने गर्ने भएको छ ।

अल्फा डाइगोनस्टिक सेन्टरमार्फत स्वस्थ नेपाल समृद्ध नेपाल भन्ने मूल नाराका साथ हरेक शनिबार अल्फा बिटा भवनमा योग प्रशिक्षण सञ्चालन गरिने अल्फा ग्रुपका अध्यक्ष द्विराज शर्माले जानकारी दिनुभयो । 

प्रशिक्षणमा अल्फा बिटाकी डाइरेक्टर तथा योगा प्रशिक्षक मन्जु शर्माले योगाभ्यास गराउनु हुनेछ । प्रशिक्षक मन्जुका अनुसार सो प्रशिक्षणमा अन्य प्रसिद्ध योग गूरुहरुले समेत प्रशिक्षण दिनुहुनेछ ।

योगा जिवनयापनको शैलीमा अपनाउँदा स्वस्थ शरीरका साथ स्वस्थ मनस्थिति समेत बन्ने भएकाले योगाभ्यास अत्यन्तै आवश्यक रहेको प्रशिक्षक शर्माले बताउनुभयो ।

यस्तै, अल्फा बिटा ग्रुप र वशिष्ट हेल्थ फाउन्डेसन अहम्दाबादको सहकार्यमा योग गूरु धिरजले पनि योगाभ्यास दिने तयारी  भइरहेको शर्माले जानकारी दिनुभयो ।

प्रकाशित : ७ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह