पेट्रोलियम पर्दाथको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ ।
शनिबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटाएको हो ।
विभागका अनुसार यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाइएको हो ।
शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल २९ रुपैयाँ मूल्य घटेको हो ।
प्रतिक्रिया