Logo

राजनीति

नेपाली लेखक संघद्वारा एक लाख राशिको ‘विशिष्ट लेखक पुरस्कार’ घोषणा


GDP Nepal
   १२ असार २०७९, आइतबार


काठमाडौं । नेपाली लेखक संघले ‘विशिष्ठ लेखक पुरस्कार’ घोषणा गरेको छ । शनिबार काठमाडौंमा बसेको संघको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउने एकजना स्रष्टालाई एकलाख रुपैयाँ राशि सहितको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा बसेको संघको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठकले २०८० साल बैशाख १६ गतेदेखि ‘लेखक दिवस’ मनाउन सुरुवात गर्ने निर्णय पनि गरेको छ ।

यस दिन नेपाली लेखक संघका सबै प्रदेश कमिटी र जिल्ला शाखाहरूले ‘लेखक दिवस’ विशेष कार्यक्रमको आयोजना गरि मनाउनु पर्ने निर्देशन दिने निर्णय गरेको संघका उपमहासचिव तथा संचार विभाग संयोजक श्रीबाबु कार्कीले जानकारी दिए । कार्कीका अनुसार केन्द्रीय समिति पनि लेखक दिवस भव्यताका साथ मनाउने तयारीमा जुटेको छ ।

वि. सं. १९८७ सालमा निरंकुश राणा शासनको विरुद्ध संगठीत हुन् सुरु गरिएको पुस्तकालय अभियानमा राज्यका तर्फबाट भएको ज्यादतीलाई ‘पुस्तकालय पर्व ’का नामले परिचित छ । नेपालमा राजनीतिक दलहरू खोल्नुपूर्व नै सचेत जनस्तरबाट संगठीत भएर निरंकुश शासक विरुद्ध यो नै सिर्जनात्मक चेतको पहिलो बिद्रोह थियोे ।

यस अभियानको क्रममा बि.सं. १९८७ बैशाख १६– १७ गते राज्य द्रोह गरेको नाममा पुस्तकालय अभियानमा संलग्न ४५ जना स्रष्टाहरूलाई राज्यका तर्फबाट विभिन्न मुद्दा लगाइ, दण्ड जरिवाना र जेल चलान गरेको थियोे । स्रष्टाहरूले राजनीति परिवर्तनका लागि चालेको संगठनात्मक चेतको उच्च स्मरण गर्दै उक्त ऐतिहासिक दिनलाई नेपाली लेखक संघले ’लेखक दिवस’ मनाउने निर्णय गरेको हो ।

उक्त दिवसकै अबसर पारेर प्रदान गरिने विशिष्ट लेखक पुरस्कारको अक्षय–कोष स्थापना गर्न संघले आफ्नोतर्फबाट रकम संकलन गर्न सुरु गरेको हो । सो पुरस्कार प्रदान गर्न अक्षय–कोषका लागि कार्यसमितिको तर्फबाट मात्रै ६ लाख बराबरको रकम संकलन भएको छ ।

सुरुवातमै निकै उत्साहपूर्वक स्वत–स्फुर्त रकम संकलन भएको यो अक्षय–कोषमा आगामी दिनमा पनि विभिन्न संघ÷संस्था र व्यक्तिहरूबाट रकम संकलन गरि कोषमा कम्तीमा २० लाख बराबरको मूलधन पुर्याउने संकल्प रहेको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यो पुरस्कार वितरण गर्न नेपाली लेखक संघले एक कार्यविधि निर्माण गरि स्रष्टाहरूबाट स्रष्टाहरूको लागि प्रदान गरिएको रकमलाई व्यवस्थित गरिने श्रेष्ठको भनाइ छ ।

प्रकाशित : १२ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह