नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति पाएका छन्।
राष्ट्र बैंकले बिहिबार एक सूचनामार्फत मर्जरका लागि सैद्धान्तिक स्वीकृति दिएसँगै नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले एक आपसमा गाभिन सहमति पाएका हुन् । सैद्धान्तिक स्वीकृति पाएसँगै दुबै बैंकले मर्जर प्रक्रियाका लागि सम्पत्ति र दायित्वको मूल्यांकन ड्यू डेलिजेन्ट अडिट (डीडीए) का लागि बाटो खुलेको छ । डीडीए प्रतिवेदनपछि एक्विजेशन प्रक्रिया पास गर्न दुबै बैंकले विशेष साधारणसभा बोलाउनु पर्ने हुन्छ ।
प्रतिक्रिया