Logo

कर्पोरेट-बजार

हस्तकला महासंघको अध्यक्षमा शाक्य द्वयको उम्मेदवारी


GDP नेपाल
   २५ पुस २०८१, बिहिबार


काठमाडौँ । नेपाल हस्तकला महासंघको ४४ औँ वार्षिक साधारण सभासँगै कार्यसमितिको निर्वाचनका लागि उम्मदे्वारहरुको नामावली प्रकाशन भएको छ ।

४४ औँ वार्षिक साधारण सभाको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा हुने हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बताएका छन् ।

हस्तकला महासंघको भावि नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रकृया सम्पन्न भइरहँदा महासंघका अग्रजहरुले हस्तकला महासंघको वर्तमान अवस्थाको विश्लेषणमा हस्तकला क्षेत्रको विकास र विस्तारका लागि अध्यक्षका प्रत्यासिहरुको नविन सोच र योजना के हुनसक्छ ? महासंघको संस्थागत विकासका लागि दिर्घकालिन नितिहरु के कस्ता हुन सक्छन् ? भन्ने विषयमा कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा अध्यक्षका प्रत्यासि सनम शाक्य र रविन्द्र शाक्यले हस्तकला क्षेत्रको विकास र विस्तारका लागि आफूले महत्वपूर्ण भूमीका निर्वाह गर्ने बताए । उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी, हस्तकला व्यवसायमा आफूले निर्वाह गरेको भूमीका र महासंघको विकास र विस्तारका लागि भावि दिनमा आफूहरुले चाल्ने कदमका विषयमा आफ्ना भनाइहरु राखेका छन् । 

कार्यक्रममा वरिष्ठ उपाध्यक्षहरुका प्रत्यासी राजमान बज्राचार्य र दिपेन्द्र शाक्यले हस्तकला व्यवसायसँग जोडिएका विषय वस्तुका बारेमा प्रकाश पारेका थिए । 

कुल ३५ सदस्यीय हस्तकला महासंघ कार्य समितिमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष –जिल्ला र प्रदेश हस्तकला संघ) १ वस्तुगत संघ, एक उद्योग, एक वाणिज्य, एक व्यक्तिगत र एक एशोसिएट गरी पदाधिकारी जम्मा ८ जना र कार्य समिति सदस्य १५ गरी जम्म २३ जनाको निर्वाचन हुने महासंघले जनाएको छ । 

जसमा ६ उपाध्यक्षका लागि जिल्ला तथा प्रदेश हस्तकला संघबाट मलिका श्रेष्ठ र गणेशमान राजचनले उम्मेदवारी दिका छन् भने वस्तुगततर्फ श्री कृष्ण प्रजापति, नेपाल सेरामिक्स संघबाट र्निविरोध निर्वाचित भएका छन् । त्यसै गरी उद्योग तर्फबाट सविता महर्जन र दिव्यतारा तुलाधरले उम्मेदवारी दिएका छन् भने वाणिज्य उपाध्यक्षमा दिल्लि रत्न तुराधरले उम्मेदवारी दिएका छन् । उनले वान वल्र्ड ट्रेड कन्सर्नका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

हस्तकला महासंघमा रहँदा हस्तकला क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमीका निर्वाह गरेका तुलाधर महासंघको भावि नेतृत्वका लागि एउटा आशा लाग्दो पात्रका रुपमा चिरपरिचित छन् । उनले हाम्रालाई भन्दा पनि राम्रालाई छान्न हस्तकला व्यवसायीलाई आग्रह गरेका छन् । उनको प्रत्यासीको रुपमा प्रताप शाक्यले उम्मेदवारी दिएका छन् । 

त्यसै गरी व्यक्तिगत उपाध्यक्षका लागि नविन शाक्य र प्रदिप शाक्य रहेका छन् भने एशोसियट उपाध्यक्षमा किरण कुमार स्थापित र रामकली खड्काकोे उम्मेदवारी परेको छ । 

किरण कुमार स्थापित पूर्ण ह्याण्डिक्राफ्ट इन्डष्ट्रिज प्रालि बाट प्रतिनिधित्व गर्दैछन् । उनी पनि सफल हस्तकला व्यवसायीको रुपमा परिचित छन् । 

यसैगरी १५ सदस्यीय कार्य समितितका लागि रमेशराज बज्राचार्य, मात्रीका देवी प्रसाईँ, सूर्यबहादुर लामा जिल्ला र प्रदेश हस्तकला संघबाट रहेका छन् भने वस्तुगत संघका तर्फबाट उपेन्द्र वाराही र धनप्रसाद लामिछानेले उम्मेदवारी दिएकोमा दुवै जना र्निविरोध निर्वाचित भएको महासंघले जानकारी दिएको छ । 

उद्योग तर्फबाट ६ केन्द्रिय सदस्य पदका लागि विक्रम सिंह महर्जन, रत्नमुनि ब्रम्हाचार्य, अमुल्यदेवी शाक्य, बालकृष्ण असरपति, राजीव शाक्यले उम्मेदवारी दिएका छन् । 

त्यसै गरी ३ पदको वाणिज्य सदस्यका लागि मिलन विर मालाकार, भिमनिधि अधिकारी, प्रविन कुमार शाक्य र अवनिश प्रधानाङ्ग रहेका छन् भने व्यक्तिगत कार्यसमितिका लागि सुजन रत्न शाक्य, विकास शाक्य, उदिप शाक्य, चक्र बहादुर शाक्य, मणीकमान शाक्य र महिमा सिंह रहेका छन् ।

त्यस्तै, एशोसियट सदस्यका लागि दिपेन्द्र शाक्यले उम्मेदवारी दर्ता गराएको महासंघले जनाएको छ । 

महासंघको निर्वाचन यही पुस १७ गते शनिबार यल दरबार शंखमुलमा हुने जनाइएको छ । कार्यक्रमको संयोजन भने अग्रज हस्तकला व्यवसायी किरण कुमार डंगोलले गरेका थिए । 

प्रकाशित : २५ पुस २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह