Logo

बिजनेस होम

किम जोङ उनले चीनबाट ६४ करोड डलरका बिलाशी सामान किनेको खुलासा


appharu
   ८ कार्तिक २०७५, बिहिबार


सोल । उत्तर कोरियाका शासक किम जोङ उनले चीनबाट ६४ करोड डलरका बिलाशी सामान किनेको खुलासा भएको छ ।

दक्षिण कोरियाका एक सांसदले उत्तर कोरियाली शासकको यस्तो कर्तुत सार्वजनिक गरेका हुन् । परमाणु हतियार तथा मिसाइलको विषयलाई लिएर संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि आफ्ना कुनै पनि सदस्य राष्ट्रले कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

तर, संयुक्त राष्ट्र संघको प्रतिबन्धका बावजुद गत वर्ष चीनले उत्तर कोरियालाई ६४ करोड डलरको विलाशी चिनियाँ सामग्री बिक्री गरेको जनाइएको छ । यसले चीनलाई पनि विवादको घेरामा तानेको छ ।

दक्षिण कोरियाको विपक्षी दलका सांसद यून साङ–युनले सोमबार भनेका छन कि किम जोङ उनले केबल आफ्नो लागि मात्रै नभई परिवारका अन्य सदस्यका लागि पनि चीनबाट विमान, महँगा संगीत वाद्यययन्त्र, उच्च गुणस्तरको टिभी, सेडान कार, रक्सी, घडि तथा अन्य कतिपय विलाशी सामान खरिद गरेका छन् ।

राष्ट्र संघले पहिलेनै उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धलाई कडाइका साथ लागु गर्ने बताउदै आएको छ ।

अमेरिकाले उत्तर कोरियालाई वार्तामा ल्याउनका लागि यिनै प्रतिबन्धलाई माध्यम बनाउँदै आएको थियो । यद्यपि, चीनले यो विषयमा हालसम्म पनि कुनै टिप्पणी गरेको छैन ।

अमेरिका तथा दुवै कोरियाली देशका सैन्य अधिकारीबीच सोमबार सीमावर्ती गाउँ पनमुनजोममा बैठक भएको थियो ।
यस बैठकको माध्यमबाट विश्वकै सर्वाधिक हतियारबाट सुसज्जित सीमावर्ती क्षेत्र मध्येको एक पनमुनजोमा गाउको हतियार मुक्त बनाउने विषयमा सहमति भएको थियो । यसै साताबाट क्षेत्रबाट सीमा चौकी पनि हटाइने भएको छ ।

प्रकाशित : ८ कार्तिक २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह