Logo

कर्पोरेट-बजार

कंसाकार भन्छन्– निगमका वाइडबडी घाममा सुकेर बसेका छैनन्


appharu
   ८ कार्तिक २०७५, बिहिबार


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले २४ अर्ब रुपैयाँ खर्चेर ल्याएका दुई वाइडबडी जहाज यतिबेला चर्चामा छन् । कारण हो– ‘घाम ताप्दै नेपाल एयरलाइन्सका वाइड बडी’ भन्ने समाचार र सोही समाचारका कारण सामाजिक सञ्जालमा बनेको बिम्ब– घाम ताप्दै ।

निगमले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका संस्थाबाट २४ अर्ब ऋण काढेर ल्याएका जहाजले अपेक्षित बिजनेस नपाएको सत्य नै भए पनि घाम तापेरै बस्नुपर्ने अवस्था भने नरहेको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार बताउँछन् ।

कंसाकारका अनुसार निगमका जहाजले यात्रु चापअनुसार साविकका क्षेत्रीय उडान गरिरहेका छन् । कंसाकार भन्छन्– “निगमका ५ वटै जेट सञ्चालनमा छन्, मुख्य पर्यटकीय सिजन तथा चाडबाडमा वृद्धि भएको यात्रु चापका कारण क्षेत्रीय गन्तव्यमा पनि सन्तोषजनक व्यापार भइरहेको छ ।”

वाइड बडीबाट जापान र कोरियामा उडान गर्ने निगमको योजना रहे पनि ढिलासुस्तीका कारण निगम उक्त गन्तव्यमा पुग्न सकेको छैन । अर्कोतर्फ चीनले निगमका जहाज आफ्ना विमानस्थलमा स्टल अभाव देखाउँदै अनुमति नदिएका कारण यसमा पनि सरकारकै कुटनीतिक पहल जरुरी देखिएको छ ।

निगमले हाल भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोर तथा मलेसियाको क्वालालम्पुर, कतारको दोहा, यूएईको दुबई, चीनको हङकङ र थाइल्यान्डको बैंककमा उडान गरिरहेको छ ।

प्रकाशित : ८ कार्तिक २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह