Logo

राजनीति

महाप्रसाद अधिकारी हाम्रो सदस्य होइन, बैठकमा कहिल्यै भेट भएको छैनः गोपाल खनाल


GDP Nepal
   ३० असार २०७९, बिहिबार


काठमाडौं । नेकपा एमाले अर्थ तथा योजना विभाग सदस्य गोपाल खनालले महाप्रसाद अधिकारी आफूहरुको समितिमा नरहेको दावी गरेका छन् ।

खनालले अधिकारी एमालेको अर्थ तथा योजना विभाग सदस्य रहेको भन्ने समाचारमा सत्यता नरहेको दावी गर्दै आफूले कुनै पनि बैठकमा उनलाई नभेटेको बताए ।

“उहाँ हाम्रो विभागमा सदस्य हुनुहुन्छ भन्ने समाचारमा कुनै सत्यता छैन,” खनाल भन्छन्, “उहाँका सम्बन्धमा प्रचारित समाचार दुर्भाग्यपूर्ण छ ।”

विभाग सदस्य एम. अधिकारी को हुन् भन्ने प्रश्नमा भने प्राविधिक कारणवश सार्वजनिक गर्न नसकिएको र केही दिनमै सार्वजनिक हुने उनले बताए ।

प्रकाशित : ३० असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह