Logo

राजनीति

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेलले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज


GDP नेपाल
   ३१ असार २०७९, शुक्रबार


सर्वोच्च अदालतले अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) मा सरकारले आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा पोखरेलले दायर गरेको रिट खारेज भएको हो ।

शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले एआईजी पोखरेलले दायर गरेको रिट खारेज गरेको हो ।

इजालसले सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गर्दे रिट खारेज गरेको हो ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह