Logo

राजनीति

प्रचण्डले एमसीसी असफल पार्न ओलीको शरणमा पुगेको नारायणकाजीको खुलासा !


GDP Nepal
   १ श्रावण २०७९, आइतबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमसीसी असफल पार्दै नयाँ गठबन्धनको निमित्त याचना गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुगेको पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खुलासा गरेका छन् ।

आइतबार आफ्नो फेसबुकमा लामो पोष्ट सेयर गर्दै श्रेष्ठले एमसीसीका सम्बन्धमा नेकपा एमाले अध्यक्ष ओलीले दोहोरो कुरा गरिरहेको टिप्पणी गरेका छन् ।

“एमसीसी संसदबाट अनुमोदन गरिनुभन्दा केही दिनअघि मात्र पनि हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष क. प्रचण्ड म लगायत केही कमरेडहरु उहाँ (ओली)लाई एमसीसी अनुमोदनलाई संसदबाट मिलेर असफल पारौं र नयाँ गठबन्धन बनाएर अघि बढौं भन्ने प्रस्ताव लिएर गएका थियौं,” श्रेष्ठले भनेका छन्, “उहाँले त्यसबेला पनि एम सि सि सम्झौतामा राष्ट्रिय हित बिपरितका कुनै प्रावधान नरहेकाले यो त्यस्तो बिषय होइन भनेर जोड दिनुभएको थियो ।”

श्रेष्ठका अनुसार सो द्विपक्षीय वार्तामा नेकपा (एमाले ) का अन्य तीन जना उच्च स्तरीय नेताहरु पनि सामेल थिए । “उहाँहरु अर्को छुट्टै कारण देखाएर मतदानमा सहभागी हुनुभएन, त्यो अलग्गै बिषय हो,” श्रेष्ठले भनेका छन् ।

हेर्नुहोस्, श्रेष्ठको टिप्पणी

म समेत सहभागी एउटा सार्वजनिक कार्यक्रममा हिजो नेकपा( एमाले ) का अध्यक्ष कड्डकेपी ओलीले म पछि बोल्दै एम सि सि सम्झौता अरुले जस्तो गुपचुप राख्नु भन्दा राष्ट्रिय बहस होस् भनेर संसदमा पेश गरेको तर्क गर्नु भयो ।यो सत्य होइन । बास्तबिकता यस्तो छ ःएम सि सि सम्झौता लाई त्यसमा समावेश गरिएको प्रावधान अनुसार नेपालको घरेलु ऐन भन्दा माथिल्लो हैसियतमा राख्न नेपालको संधि ऐन अन्तर्गत प्रतिनिधिसभा पारित गर्नु आवश्यक भएको ले एम सि सि अमेरिकाले संझौतामा हस्ताक्षर गर्दाको क्षण देखि नै संसद बाट अनुमोदनका लागि दवाव सहित अनुरोध गर्दै आएको थियो । तर त्यो संभव भैरहेको थिएन । पछिल्लो पटक क ड्ड केपी प्रम हुनुभएपछि एम सि सि अमेरिकाले संसदबाट अनुमोदनका लागि नेपाल सरकारलाई औपचारिक पत्र पठायो र केपी सरकारले संसदबाट अनुमोदनका लागि प्रकृया अघि बढायो ।
कड्ड केपी ले सोही कार्यक्रममा एमसिसि अनुमोदनको प्रस्ताव पारित गर्ने उदेश्यले आफुले संसदमा नलगेको पनि बताउनु भयो ।उहाँले संसद कमजोर भएकाले त्यो पारित ग–यो ।त्यसैले त्यसमा आफ्नो कुनै दोष वा कमजोरी छैन।यो पनि सत्य होइन । किनकी उहाँले हाम्रो तात्कालिक पार्टी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को केन्द्रीय समिति लगयतका बैठकहरुमा एम सि सि बिशुध्द आर्थिक बिकासको परियोजना हो र यसमा कुन राष्ट्रिय सार्वभौमिकता एवं राष्ट्रिय हित प्रतिकुलका प्रावधान छैनन् । पछि एम सि सि संददबाट अनुमोदन गरिनु भन्दा केही दिन अघि मात्र पनि हाम्रो पार्टी का श्रध्देय अध्यक्ष कड्ड प्रचण्ड ,म लगायत केही कमरेडहरु उहाँलाई एम सि सि अनुमोदनलाई संसदबाट मिलेर असफल पारौं र नयाँ गठबन्धन बनाएर अघि बढौं भन्ने प्रस्ताव लिएर गएका थियौं । उहाँले त्यसबेला पनि एम सि सि सम्झौतामा राष्ट्रिय हित बिपरितका कुनै प्रावधान नरहेकाले यो त्यस्तो बिषय होइन भनेर जोड दिनुभएको थियो ।हाम्रो द्विपक्षीय वार्तामा नेकपा (एमाले ) का अन्य ३ जना उच्च स्तरीय नेताहरु पनि सामेल हुनुहुन्थ्यो । उहाँहरु अर्को छुट्टै कारण देखाएर मतदानमा सहभागी हुनुभएन । त्यो अलग्गै बिषय हो ।

प्रकाशित : १ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह