नीति अनुसन्धान प्रतिष्ठानले प्रकाशित गरेको रुस–युक्रेन संकट २०२२ (नेपालको कुटनीतिक अग्रसरता तथा यस संकटका कूटनीतिक आर्थिक र भूराजनीतिक प्रभावहरु) विषयक पुस्तकमा रहेको रुस–युक्रेन संकटले नेपालमा सिर्जना गर्नसक्ने आर्थिक प्रभावका आयामहरु शीर्षकमा डा. कल्पना खनाल, डा. राजेन्द्र खनाल र डा. शोभा पौडेलेको सहलेखनमा रहेको आलेखबाट शेयर बजारसम्बन्धी परिच्छेद यहाँ उद्धरण गरिएको हो: सम्पादक
२.२.४. नेपाली शेयर बजारमा पर्नसक्ने असर
शेयर बजारले देशको समग्र वित्तीय स्थायित्वलाई जनाउँछ। नेपालको छिमेकी मुलुक भारतसँग राजनीतिक, सामाजिक, साँस्कृतिक रूपमा मात्रै नभएर आर्थिक रूपमा पनि घनिष्ठ सम्बन्ध भएका कारण नेपालको वित्तीय स्थायित्व भारतीय बजारको प्रवृत्तिसँग मिल्दोजुल्दो छ ।
नेपाली बजारको प्रवृत्तिसँग मिल्दोजुल्दो रहेको भारतको मुम्बई स्टक एक्सचेन्ज पनि फेब्रुअरी २३ देखि मार्च ४, २०२२ सम्मको अवधिमा ५.०६ प्रतिशतले घटेको छ (तालिका १) । नेपाल स्टक एक्सचेन्ज (NEPSE) को सूचकाङ्क पनि यस्तै प्रवृत्तिले जून २०२२ देखि मार्च ६ (फाल्गुन २०, २०७८) सम्मको अवधिमा ६.५ प्रतिशतले घटेको छ ।
यद्यपि, नेप्से प्रकोपकारी घटनाहरूको लागि पर्याप्त प्रतिरोधी छ र कोभिड-१९ महामारीको समयमा जस्तै द्रुत गतिमा पुनरागमन गर्ने क्षमता भएको भन्न सकिन्छ, तर यस पटक कोभिड-१९ महामारीपछिको प्रभावका कारण साथै रुस-युक्रेन द्वन्द्वले नेप्सेलाई असर गर्दैन भन्न सकिदैन ।
नेपाली शेयर बजारमा खासै दीर्घकालीन असर (Karki, 2020; Hamal and Gautam, 2021) नपर्ने इतिहास भए तापनि अबको बजार कोभिड-१९ महामारीपछिको प्रभाव र रुस-युक्रेन द्वन्द्वले ठयाक्कै के असर गर्छ भनेर अनुमान गर्न नसकिने भए पनि नेपालको सेयर बजार नेप्से (NEPSE) सूचकाङ्कको बढ्दो प्रवृत्ति (bullish trend) को अन्त्य भई मन्दीको अवस्था अथवा घट्दो प्रवृत्ति (bearish trend) तर्फ नजाला भनेर भन्न सकिदैन । कोभिड-१९ महामारीका कारण पहिलेदेखि नै आर्थिक मन्दीको सामना गरिरहेको नेपाली अर्थतन्त्र रुसको आक्रमणबाट थप शिथिल भएको बजार कहिले उभो लाग्ला त्यो समयले नै बताउला।
पृष्ठ | ३२नी.अ.प्र. आययन प्रतिवेदन, रूस-युकंन सइकट-२०२२ नेपालको कूटनीति…
वित्तीय बजार र आर्थिक सूचकाङ्कहरूमा परिवर्तन आउनमा धेरै कारणहरू (मौद्रिक नीति, तरलताको सङ्कट, व्यापार र भुक्तानी सन्तुलन) हुनसक्ने भएतापनि रुसी आक्रमण र इन्धनको बढ्दो मूल्यले नेपालको वित्तीय बजार (नेपाल स्टक सूचकाङ्क घट्नु) र समग्र अर्थतन्त्रमा निश्चित रूपमा असर गरेको देखिन्छ ।
रुस-युक्रेन युद्ध लम्बिदै जाँदा त्यसको असर गहिरो हुँदै जानसक्छ । त्यस्तो अवस्थामा युद्ध सिर्जित समस्या र प्रभावहरूको निराकरण हाम्रो वशमा छैन । तथापि, वित्तीय बजार र बृहत् अर्थतन्त्रका अन्य परिसूचकहरू जस्तै व्यापार घाटा, सोधनान्तर घाटा, मद्रास्फिति दर , कर्जा र निक्षेपको अनुपात जुन हाम्रो वशमा छन्, तिनीहरूलाई मौद्रिक र वित्तीय नीतिहरूको प्रयोगमार्फत नियन्त्रण, नियमन र व्यवस्थापन गर्न आवश्यक छ ।
नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले यसका लागि पहलकदमी गर्न जरुरी देखिन्छ ।
प्रतिक्रिया