Logo

राजनीति

चीन र युरोपेली सङ्घबीच व्यापार वार्ता


GDP नेपाल
   ३ श्रावण २०७९, मंगलबार


युक्रेन युद्धलाई लिएर युरोपमा तनाव जारी रहेका बेला चीन र युरोपेली सङ्घबीच व्यापार वार्ता हुँदैछ ।

सिनजियाङमा मानवअधिकारका मुद्दालाई लिएर सशङ्कित बनेको सङ्घले अर्थतन्त्र र व्यापारका विषयलाई केन्द्रमा राखेर बेइजिङसँग उच्चस्तरीय वार्ता गर्न लागेको हो ।

यो बैठक गत अप्रिलमा तनावपूर्ण सङ्घ–चीन शिखर सम्मेलनपछि आज हुन लागेको हो । बैठकको मिति निर्धारण गर्न महिनौँसम्म प्रयास भएको थियो । शिखरवार्ताका क्रममा सहमति नहुँदा संयुक्त वक्तव्य सार्वजनिक भएको थिएन जुसले सम्बन्ध चिसिएको सङ्केत गर्दछ । युक्रेन मुद्दामा पनि सङ्घ र चीनबीच मतभिन्नता छ । मानवअधिकार र युक्रेन युद्धलाई लिएर चीनले छलफल गर्न चाहेको छैन ।

युक्रेनमा रूसले सैन्य कारबाही सुरु गरेदेखि नै सङ्घले तत्काल युद्धविराम गर्न तथा त्यस निम्ति मस्कोसँग आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई आह्वान गर्दै आएको छ । चीनले मस्कोलाई सैन्य सहायता गर्नुहुँदैन भन्ने पक्षमा सङ्घ छ ।

यसैबीच, युरोपेली आयोगका कार्यकारी उपाध्यक्ष वाल्डिस डोम्ब्रोभस्किसले चीनका उप–प्रधानमन्त्री लिउ हेसँगै बैठकको सह–अध्यक्षता गर्न तत्पर रहेको बताएका छन् । आजको बैठकमा द्विपक्षीय मामिलाका साथै क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित : ३ श्रावण २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह