Logo

कर्पोरेट-बजार

नोभेम्बर ११ मा दराजको बिग सेल, ८० प्रतिशतसम्म छुट, १ लाखसम्म अर्डर !


appharu
   ११ कार्तिक २०७५, आइतबार


काठमाडौं । ई–कमर्श प्ल्याटफर्म दराज डटकमले नोभेम्बर ११ मा नेपालमा पहिलोपटक ‘सेल डे’ मनाउने भएको छ । दराजको नयाँ एपको सुरुवातपछि कम्पनीले यो योजना ल्याएको हो ।


दराजको अभिभावक कम्पनी अलीबाबाले ब्ल्याक फ्राइडेका रुपमा मनाउँदै आएको ११ः११ नेपालमा पनि मनाउन लागिएको छ । यसमा ग्राहकलाई ठूलो छुट अफर, फ्ल्यास सेल्स, हजारौँ ब्राण्डका भौचरहरु, मिस्ट्री बक्स् र अन्य उपहारहरुका साथै पुर्ण सपिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

नयाँ दराज एपमा हुने यस एक दिने सेल उत्सव ई–कमर्श कम्पनी मध्ये अहिलेसम्मको ठुलो सेल मेला हुने कम्पनीका प्रबन्ध निर्देशक राजीव अमात्यले बताए ।

नेपाली मितिअनुसार कात्तिक २५ मा ग्राहकले अर्डर गर्न सक्नेछन् ।

पछिल्लो समयमा अनलाइनमार्फत किनमेल गर्ने नेपालीको संख्या बढेको छ । अनलाइनमै ब्राण्ड, मूल्य तथा गुणस्तरलगायतका सबै कुरा जान्न पाइने र आफ्नो अर्डर विपरितको भएमा फिर्ता गर्न समेत पाइन्छ । कम्पनीले नोभेम्वर ११ मा १ लाख अर्डर लिने जनाएको छ ।

आफ्नो वेयरहाउसमा भएका सामान अर्डर भएको ५ दिनभित्र र नभएका सामान अर्डर भएमा १० दिनमा डेलिभरी दिने छ । यो दिन कम्पनीले ८० प्रतिशतसम्मको छुट दिने जनाएको छ ।

प्रकाशित : ११ कार्तिक २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह