Logo

राजनीति

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा कूल पन्ध्र घण्टा बैठक


appharu
   २१ चैत्र २०७४, बुधबार


काठमाडौं, २१ चैत । संघीय संसद्को पहिलो अधिवेशनअन्तर्गत एक महिना चालु प्रतिनिधिसभामा नौ दिनसम्म गरी ११ पटक बैठक बसेको छ ।

पहिलो अधिवेशनको अन्त्यको घोषणापूर्व आजको बैठकमा सभामुख कृष्णबहादुर महराले सोबीचमा १५ घण्टा ३० मिनेट संसदीय काम कारबाही भएको जानकारी गराउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रअनुसार मंगलबार राति १२ बजेदेखि संघीय संसद्को पहिलो अधिवेशनको अन्त्य भएको छ ।

गत फागुन २१ गते शुरु भएको प्रतिनिधिसभाले अन्तरिम नियमावली २०७४ पारित गरेको छ भने नियमावली बनाउन मस्यौदा समिति गठन गरेको छ ।

पहिलो अधिवेशनले सभामुख÷उपसभामुखको निर्वाचन गर्नुका साथै गत फागुन २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव २०८ मतले पारित गरेको थियो ।

यही अवधिमा यही चैत १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई पहिलो सम्बोधन गर्नुभएको थियो भने प्रधानमन्त्री ओलीले दुईपटक सार्वजनिक महत्वको वक्तव्य दिनुभएको थियो । अधिवेशन अवधिमा चार अध्यादेश पारित भएका छन् ।

प्रकाशित : २१ चैत्र २०७४, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह