Logo

कर्पोरेट-बजार

‘वाइडबडी जापान–कोरिया उडाउन ढिलो भयो तर आकाशै खसेको हैन’


appharu
   १४ कार्तिक २०७५, बुधबार


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वाइडबडी जहाजमा कुनै भ्रष्टाचार र अनियमितता नभेटिएको भन्दै छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छ ।

जहाज खरिदमा अनियमितताको आरोप लगाउनेहरुको निशाना भने अर्कै थियो– जसरी पनि निगमलाई कमजोर बनाउनु । यो वा त्यो बहानामा निगमको विरोध गरेर विदेशी एयरलाइन्सहरुको इच्छा पूरा गर्नु ।

भ्रष्टाचारको आरोपमा पहाड खनेर मुसा निकाल्नेहरुले अहिले फेरि अर्को हल्ला फिँजाइरहेका छन् कि निगमको वाइडबडीले बिजनेस पाएन र घाटामा गइरहेको छ । जहाजका लागि निगमले २४ अर्ब ऋण लिएको छ र उक्त ऋणको ब्याज तथा साँवाको किस्ताबन्दी बुझाइरहेको सत्य नै भए पनि यस्तो प्रचारबाजी नियतबस भइरहेको देखिन्छ ।

संसारमा कुनै पनि जहाजले खरिद गरेको भोलिपल्टै बिजनेस पाउँदैनन् । आइकाओको प्रावधान अनुसार जहाजको परीक्षण, कलसाइन नामाकरणदेखि अनेकौं झन्झटिला प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

यस्तै, निगमले जहाज किन्यो भनेर अरु मुलुकका व्यस्त एयरपोर्टले भोलिपल्टै स्लट खाली गरेर निगमलाई दिइहाल्दैनन् । यसका लागि निगमको मात्र प्रयाशले नहुन सक्छ र पर्यटन तथा परराष्ट मन्त्रालयको पनि भूमिका हुन्छ ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार जापान र कोरियामा तत्कालै उडाउन नसकिएको अहिलेको समस्या निगमको काबुबाहिरको भएको बताउँछन् । उनी भन्छन्– निगम, नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारको काबुभन्दा बाहिरको कारणले हाम्रा जहाज जापान र कोरिया उडान गर्न केही महिना ढिलाइ भएको हो । यसमा पनि आकाश नै खसेको जस्तो आत्तिनु पर्दैन ।

कंसाकारका अनुसार विश्वको विभिन्न मुलुकहरुमा रहेका ४० लाख नेपाली मजदुरसहित एनआरएन, विद्यार्थीलगायत नेपाली नागरिकहरुलाई आफ्नो मातृभूमिमा आउन जान सहज गराउने र विदेशी पर्यटक आगमनको वृद्धि गर्ने पवित्र उद्देश्यले जहाज ल्याइए पनि यहाँ अनेकौं प्रचारबाजी भइरहेको छ ।

प्रकाशित : १४ कार्तिक २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह