Logo

मुख्य समाचार

सेयर बजारमा १३.५३ अंकको गिरावट


GDP नेपाल
   ७ पुस २०८१, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १३.५३ अंकले घटेर दुई हजार ५८३.२९ विन्दुमा पुगेको छ ।



बैंकिङ १२, विकास बैंक ११२, फाइनान्स ४६, होटल तथा पर्यटन १०, निर्जीवन बीमा १०३, अन्य ७, जीवन बीमा १०१, माइक्रोफाइनान्स १९ र ब्यापार उपसमूह ६३ अंकले घटेको छ । त्यस्तै, आज हाइड्रोपावर २२ र उत्पादन उपसमूह १०५ अंकले बढेको छ ।


आज सप्तकोशी विकास बैंक, माईखोला हाइड्रो, गरिमा विकास बैंकको सेयर सबैभन्दा धेरै घटेको छ । समग्रमा बजार घटे पनि आज सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्याग्दी हाइड्रोपावर र सुपरमादी हाइड्रोको सेयर भने १० प्रतिशतले बढेको छ ।


यस दिन ३१९ कम्पनीको ९१ लाख कित्ता सेयर ४ अर्ब ५१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ७ पुस २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह