Logo

मुख्य समाचार

सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब ३२ करोडको कारोबार


GDP नेपाल
   ११ पुस २०८१, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ४.१९ अंकले बढेर दुई हजार ६३०.७१ विन्दुमा पुगेको छ ।



बैंकिङ २५, माइक्रोफाइनान्स ७ र ब्यापार उपसमूह १०६ अंकले बढेको छ । त्यस्तै, आज विकास बैंक १३६, फाइनान्स ८५, होटल तथा पर्यटन ५०, हाइड्रोपावर ४५, निर्जीवन बीमा ३३, अन्य ३, जीवन बीमा ३८, उत्पादन उपसमूह ५ अंकले घटेको छ ।


त्यस्तै, आज आज आत्मनिर्भर लघुवित्त र सर्पोट माइक्रोफाइनान्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले घटेको छ ।


यस दिन ३१० कम्पनीको दुई करोड सेयर ५ अर्ब ३२ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ११ पुस २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह