अबदेखि लघुवित्त वित्तिय संस्थाहरुले चुक्ता पूँजी बराबरकै ऋणपत्र जारी गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले आज वित्तिय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमार्फत सबै लघुवित्त संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको हो ।
यस अघि थोक कारोबार गर्ने लघुवित्तहरुले मात्र चुक्ता पूँजीको २५ प्रतिशत सम्मको सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने व्यवस्था थियो । अब भने लघुवित्त वित्तिय संस्थाहरुले चुक्ता पूँजीको १०० प्रतिशत रकम बराबरकै ऋणपत्र जारी गर्न सक्नेछन् ।
प्रतिक्रिया