नेपाल धितोपत्र बोर्डले अबदेखि प्राथमिक सेयर (आईपीओ) भर्दा बैंकहरुले बढीमा ५ रुपैयाँ मात्रै शुल्क लिन पाउने व्यवस्था गर्ने भएको छ ।
बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकमा सीआस्बा शुल्क अधिकतम ५ रुपैयाँ मात्रै लिन पाउने व्यवस्था गर्नेबारे छलफल भएको हो ।
यसअघि आइपीओ भरेवापत बैंक तथा वित्तीय संस्थाहरुले अधिकतम १५ देखि १०० रुपैयाँसम्म शुल्क लिने गरेका थिए । आस्वा शुल्क ५ रुपैयाँमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले तथा १ रूपैयाँ सीडीएस एन्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछन् । बाँकी रकम भने सी–आस्वा सदस्यलाई जाने बताइएको छ ।
प्रतिक्रिया