Logo

अर्थनीति

जिबी राई स्वदेश फर्किए जेल नहाल्ने रास्वपाको प्रतिवद्धता, रविको तिकडम ?


gdpnepal
   ७ फाल्गुन २०८२, बिहिबार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना गर्ने सञ्चालकहरुलाई पक्राउ नगर्ने प्रतिबद्धता जनाएको छ ।

सञ्चालकहरुलाई थुनेर बचतकर्ताको रकम फिर्ता नहुने भन्दै बाहिर बसेरै बचत फिर्ता गर्नसक्ने कानुनी प्रत्याभूति दिने रास्वपाले बिहीबार सार्वजनिक गरेको बाचापत्रमा उल्लेख गरेको छ ।

रास्वपाको बाचापत्रमा भएको व्यवस्था कार्यान्वयनमा आए विवादास्पद सहकारी सञ्चालक जीबी राई स्वदेश फर्किए पनि कानुनी फन्दामा पर्ने छैनन् । जसको प्रत्यक्ष लाभ रास्वपा सभापति रवि लामिछानेलाई हुनेछ ।

“हाम्रो उद्देश्य सञ्चालकहरूलाई जेल हाल्नु मात्र होइन, बरु बचतकर्ताको पैसा फिर्ता गराउनु हो,” रास्वपाको बाचापत्रमा भनिएको छ, “त्यसैले, ‘थुनेर होइन, सुनेर’ समाधान गर्ने नीति अनुरूप यदि कुनै सहकारी वित्तीय संस्थाका सञ्चालक वा व्यवस्थापन पक्ष बचतकर्ताको रकम फिर्ता गर्न तयार छन् र उनीहरूसँग भरपर्दो स्रोत एवं योजना छ भने, ‘मिलापत्र’ का लागि कानुनी बाटो प्रशस्त गरिदिनेछौं ।”

सभापति लाामिछानेलाई सहकारी ठगीको गम्भीर मुद्दाबाट उन्मुक्तिका लागि रास्वपाले बाचापात्रमा यसरी घुमाउरो बाटोबाट छुट दिने योजना बनाएको देखिएको छ ।

 

प्रकाशित : ७ फाल्गुन २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह