काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको कुल ७.३६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।










प्रतिक्रिया