Logo

राजनीति

नवलपुर १ मा उद्योगपति विनोद चौधरीको नाम सिफारिस


GDP नेपाल
   २० भाद्र २०७९, सोमबार


आगामी मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पूर्वी नवलपरासीमा पनि दलहरुले उम्मेदवार सिफारिस गर्न सुरु गरेका छ्न ।

दुई निर्वाचन क्षेत्र भएको जिल्लामा केन्द्रीय नेतालाई दलहरुले उम्मेदवारका रुपमा आफ्ना माथिल्ला कमिटीलाई नाम सिफारिस गर्न सुरु गरेका हुन् । जिल्लाको सङ्घीय निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसले २०६४ देखि निरन्तर निर्वाचन जितेका डा शशाङ्क कोइराला र उद्योगपति विनोद चौधरीसहित छ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।

कांग्रेसबाट डा कोइराला, चौधरी, हेमराज कोइराला, गणेश सापकोटा, ओमकला गौतम र महेन्द्रभक्त अधिकारीलाई क्षेत्रिय समितिले सिफारिस गरेको सभापति अमृत भट्टचनले बताउनुभयो ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह