Logo

अर्थनीति

रत्ननगर उवासंघको २३ औं साधारणसभाः कर्मचारीले काम नगरेको मन्त्रीको गुनासो


GDP नेपाल
   २१ भाद्र २०७९, मंगलबार


काठमाडौं । रत्ननगर उद्योग वाणिज्य महासंघको २३ औं वार्षिक साधारण सधा सम्पन्न भएको छ । वाग्मती प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

कार्यक्रममा मन्त्री खनालले राजनीतिक सचेतनाका कारण सबै खाले तन्त्र आए पनि नेपालको कर्मचारी तन्त्र ठिक ठाउँमा नआएकोले मुलुकको प्रशासनिक संयन्त्रले काम नगरेको आरोप लगाए ।

कर्मचारीलाई ठिक ठाउँमा ल्याउन सके मात्र मुलुकको व्यवस्थापन सफल हुने उनको भनाइ थियो । ऐन कानुन बनाउँदा विज्ञ नियुक्त गरे पनि केही समूहका कारण विज्ञहरुलाई समेत प्रभावमा पार्ने र आफूखुसी ऐन नियम बनाउने सलह प्रवृत्तिका व्यक्तिले गर्दा कानुनमा त्रुटी हुने गरेको उनले बताए ।

उनले कृषिमा दिइने अनुदानलाई हटाएर किसानलाई सस्तो ऋण उपलब्ध गराउने कुरामा प्रदेश सरकारको ध्यान गएको जानकारी दिए । यस्तै, आन्तरीक उत्पादन बढाउन कृषि, पर्यटन र उद्योग जस्ता क्षेत्रको विकास र विस्तारमा ध्यान पुर्‍याउने र त्यसका लागि निजी क्षेत्रको उचीत सुझाव र सल्लाहलाई आत्मसाथ गर्न प्रदेश सरकार समेत तयार रहेको मन्त्री शर्माले जनाए ।

कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले चितवनको पहिचानको रुपमा रहेको पोल्ट्री, माछा, तरकारी, मह, केरा, दुग्ध लगायत खाद्यान्न बालीको प्रवर्द्धनमा थप कार्यक्रमहरु आवश्यक रहेको बताए । उनले राष्ट्र बैंकले जारी गरेको चालु पँजी सम्बन्धी कार्यविधिले व्यवसाय थप कठिन भएको बताए ।

‘२ करोड रुपैयाँ भन्दा कम कर्जा दिनलाई वार्षिक २० प्रतिशत भन्दा बढी चालु पूँजी कर्जा लिन नपाइने व्यवसायमा उल्लेख छ । यसले व्यापार व्यवसाय गर्न गाह्रो पर्छ’, उनले भने ।

यस्तै, उनले मौसम परिवर्तनसँग बर्डफ्लु जस्ता रोगले पोल्ट्री उद्योग व्यवसाय धरापमा परेको जनाउँदै क्षति भएका किसानहरुलाई सरकारबाट छिटो भन्दा छिटो क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पूर्वाधार निर्माणमा राज्य संयन्त्रले जोडदिनुपर्ने बताए । उनले विकासको मूख्य पूर्वाधार भनेको नै बाटो रहेको जनाउँदै बाटो निर्माण गर्न सके यस्ता ठाउँमा खुला हिसाबले लगानी आउने बताए । उनले दलका नेता तथा कार्यकर्तालाई निजी क्षेत्रमाथि मन्चमा बसेर गाली नगर्न आगह्र गरे ।

उपाध्यक्ष श्रेष्ठले इतिहासको कठिन घडिमा रहँदा पनि उद्योग व्यवसायीहरुले आफ्नो उत्पादनलाई जेनतेन उपभोक्ता सामू ल्याउन सफल भएको कुरा प्रष्ट्याए । उनले राजनितिकर्मिलाई एउटा उद्योग दर्ता गरेर चलाउन समेत चुनौती दिए । अहिलेको परिस्थितिमा देशमा काम गरेर खान अत्यन्त गाह्रो भएको बताउँदै उद्योग ब्यवसायी माथि सरकार र राजनीति दलको हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने जनाए ।

यस्तै, उनले विभिन्न ट्रेड यूनियन बनाउन भन्दा पनि एउटै यूनियन बनाएर उत्पादन अभिवृद्धि गर्न श्रमिक वर्गलाई आग्रह गरे । चितवनलाई शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको हवको रुपमा विकास गर्नमा श्रेष्ठले जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले मुलुकलाई समृद्ध बनाउने हो भने सहकार्य, सह अस्तित्व र समन्वयनलाई सँगसँगै अघि बढाउनु पर्नेमा जोड दिए । मुलुकमा राजनीतिक परिवर्तन भए पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण भने परिवर्तन नभएको उनले बताए । निजी क्षेत्र सरकारसँग व्यवसायीक लागत घटाउने र व्यापार, व्यवसाय गर्ने वातावरण निर्माणमा गरिदिने कुरामा आशावादी रहेको उनले बताए ।

महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले मुलुकको निजी क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नु परिरहे पनि आन्तरिक रुपमा भने झिनामसिना समस्यामा अलमलिनु परिरहेको धारणा राखे । निजी क्षेत्रलाई सक्षम र सबल बनाएर मुलुकलाई समृद्ध बनाउनुपर्ने र त्यसका निमित्त राज्यको भूमिका रचनात्मक हुनुपर्ने उनको भनाइ छ ।

महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले निजी क्षेत्रमाथि राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्ने बताए । उनले पूराना कानुन समय सापेक्ष रुपमा परिवर्तन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले महासंघले समग्र उद्योग व्यवसायीका हकहित र अधिकारका विषयमा सम्बोधन गर्न नसकेका कारण महासंघको शाख दिनप्रतिदिन गिर्दाे अवस्थामा पुगेको टिप्पणी समेत गरे । त्यसका लागि अब जिल्ला तथा नगर उद्योगका उद्यमीहरुको आवाज बुलन्द हुनुपर्ने श्रेष्ठले बताए ।

सभामा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, चितवन उवास‌घ अध्यक्ष चुननारायण श्रेष्ठ, स्थानीय राजनीतिक दलका प्रतिनिधिलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित : २१ भाद्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह