Logo

अर्थनीति

बालकुमारीमा विद्युतीय शवदाह गृह बनाइँदै


GDP Nepal
   ४ आश्विन २०७९, मंगलबार


ललितपुर । ललितपुर महानगरपालिकाले बालकुमारीमा विद्युतीय शवदाह गृह बनाउने भएको छ ।

ललितपुर महानगरपालिका वडा नं.९ बालकुमारीमा विद्युतिय शवदाह गृह निर्माणका लागि महानगरपालिकाले कार्य सुरु गरेको हो ।

विद्युतीय शवदाह गृह निर्माण तथा संचालन सम्बन्धी आयोजनाको हाल प्रारम्भिक वातावरणीय परीक्षण तयारी सम्बन्धी कार्य भई रहेको महानगरले जनाएको छ ।

वातावरण संरक्षण ऐन, २०७६ को दफा ३ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ६ को प्रावधान अनुसार वातावरणीय अध्ययन प्रतिवेदन तयारी भइरहेको उल्लेख छ ।

यससम्बन्धी प्रस्तावको कार्यान्वयनबाट प्रभावित हुने क्षेत्रमा प्रस्तावको बारेमा सार्वजनिक सुनुवाईको आयोजना गरी राय सुझाव संकलन गर्नुपर्ने व्यवस्था अनुरुप असोज ११ गते मंगलवार सार्वजनिक सुनुवाई गरिनेछ ।

मंगलबार बिहान ११ बजे ललितपुर महानगरपालिका वडा न. ९ बालकुमारी मन्दिर परिसर नजिकमा आयोजना गरिने सार्वजनिक सुनुवाईमा सहभागी हुन महानगरले सरोकारवालाहरुलाई सूचित गरेको छ ।

काठमाडौं उपत्यकामा हाल पशुपतिनाथ क्षेत्रमा एकमात्र विद्युतीय शवदाहगृह सञ्चालनमा रहेको छ ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह