Logo

मुख्य समाचार

नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत हुने एडिबीको प्रक्षेपण


GDP नेपाल
   ६ आश्विन २०७९, बिहिबार


एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष (सन् २०२२–२३) मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ४.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

एडीबीले सार्वजनिक गरेको ‘एसियल डेभलपमेन्ट आउटलुक २०२२’ रिपोर्ट अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपन गरिएको छ ।

यसअघि बैंकले सन् २०२३ मा ५ प्रतिशत वृद्धिको प्रक्षेपण गरेको थियो ।

एडीपीको प्रक्षेपण नेपाल सरकारले चालु आर्थिक वर्षका लागि तय गरेको आर्थिक वृद्धिदरको लक्ष्य भन्दा निकै कम हो ।सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।
रिपोर्ट अनुसार विश्वको सुस्ताएको अर्थव्यवस्था, रुस–युक्रेन युद्ध र मौद्रिक कडाइको कारण नेपालको अर्थव्यवस्थालाई असर जनाइएको छ ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह