सरकारले राष्ट्रियगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)लाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिरिषद्को बैठकले सहज जीवनयापनका लागि यसअघि मासिक २५ हजार पाइरहेका उनलाई अब मासिक ५० हजार दिने निर्णय गरेको हो ।
यस्तै, बैठकले वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि नर्स उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का थप निर्णय :
प्रतिक्रिया