Logo

बैंक / बिमा /शेयर

शाइन रेसुङ्गा बैंकको चाडपर्व अफर: टपअप कारोबारमा ५ प्रतिशतसम्म छुट


GDP नेपाल
   १३ आश्विन २०७९, बिहिबार


शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वहरूलाई लक्षित गर्दै विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ‘नगद छोडौँ डिजिटल रोजौँ’ भन्ने नारालाई आत्मसाथ गर्दै डिजिटल कारोबार अन्तर्गत एनसेल र एटिसीबाट गरिने हरेक टपअफ कारोबारमा ५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

त्यसैगरी बैङ्कले इसेवा वालेटमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको खाता लिंक गरि रकमान्तर गर्नुहुने ग्राहक मध्य एक जना भाग्यशाली ग्राहकले हवाई अनर प्याड एक्स ८ प्राप्त गर्न सक्ने जानकारी समेत दिएको छ।

बैङ्कले हालै मात्र फोकसवान पेमेण्ट सोल्युसन प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग आवद्ध भई भिसा कार्डमार्फत डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कका ग्राहकहरूले मोको डिजिटल वालेटमा डेबिट भिसा कार्ड लिंक गरि भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो छुट पहिलो २०० जना ग्राहकहरूले पहिलो पटक कारोबार गर्दा प्राप्त गर्न सक्नेछन् ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैङ्किङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

यस विकास बै‌कले ग्रामिण बैङ्किङ्गलाई उच्च प्राथमिकतामा राख्दै वित्तीय पहुँचमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

नेपाल राष्ट्र बैङ्कबाट जारी निति निर्देशन तथा अन्य प्रचलित ऐन कानुनको पूर्ण पालना गर्दै संस्थागत सुसाशन, नविनतम सोच, सरल र सहज ग्राहक सेवा र सम्पूर्ण स्टेकहोल्डर्सको हितमा कार्य गर्ने संस्कारलेनै यस विकास बैङ्कलाई नेपालको अग्रणी विकास बैङ्कको पमा स्थापित गरेको छ ।

प्रकाशित : १३ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह