Logo

राजनीति

सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


GDP नेपाल
   २४ आश्विन २०७९, सोमबार


बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

गत बिहिबार पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले सोमबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

लामिछानेविरुद्ध गत भदौ २१ गते एक नाबालिकाले काठमाडौं प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको मुद्दा जाहेर गरेकी थिइन् । उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २४ आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह