बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
असोज २० गते पक्राउ परेका लामिछानेलाई यसअघि अनुसन्धानका लागि अदालतले ७ दिनको म्याद दिएको थियो।
लामिछानेविरुद्ध गत भदौ २१ गते एक नाबालिकाले काठमाडौं प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको मुद्दा जाहेर गरेकी थिइन् । उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया