Logo

राजनीति

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश


GDP नेपाल
   १८ कार्तिक २०७९, शुक्रबार


नाबालिग बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले लामिछानेको पक्षबाट बहस गरेका थिए । यस्तै, सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेकी थिइन्।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र क्षतिपूर्ति भराउन मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

लामिछानेविरुद्ध भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह