Logo

राजनीति

शान्तिवनमा पूजा आरधना र ध्यानका नियमित कार्यक्रम सुरु


GDP Nepal
   २६ कार्तिक २०७९, शनिबार


कात्तिक २५ । कोरोना संक्रमणका कारण सन २०२० देखि बन्द रहेको शान्तिवनमा पूजा, आरधना र ध्यानका नियमित कार्यक्रम सुरु भएको छ ।

आज शान्तिवनले ललितपुरको गोदावरीमा एक कार्यक्रम गरी पूजा, आरधना, ध्यान लगायतका कार्यक्रम सुरु गरेको हो ।

पछिल्लो समय मानिसमा मानवता हराउँदै गएको छ । एक आपसमा सहयोगीको भावना व्यापार र साझेदारीमा परिणत हुँदै गएको छ । मानिसभित्र तीव्र रुपमा पलाउँदै गएको महत्वकांक्षा, अनावश्यक इच्छा र चाहनाले उसलाई अशान्त बनाउँदै लगेको छ । परिणाम स्वरुप समाजमा द्वन्द्व बढ्दै गईरहेको छ भने अशान्त मनका कारण बिभिन्न रोग र मानसिक समस्या देखापरेको छ ।

मानिसलाई ध्यानमार्फत शान्तिमार्गमा ल्याई जिवन सार्थक बनाउन र सहयोगी भावना जागृत गरी आफ्नो आयुलाई १२० वर्षासम्म बाँच्नसक्ने बनाउन नै शान्तिवन स्थापना भएको हो ।

अर्कोतर्फ शान्तिको अभावमा विश्वमा मानव जातिकै अस्तित्व खतरामा छ । यस्तो अवस्थामा भगवान गौतम बुद्धको सन्देश र मार्गदर्शन अपरिहार्य बन्दै गएको छ । बुद्धको जन्मभूमी नेपालबाट विश्वभर शान्ति फैलाउन नै शान्तिवनको परिकल्पना अघि सारिएको थियो ।

बिक्रम संवत २०५९ सालदेखि बुद्धको प्रतिमा स्थापना गरी स्वदेश र विदेशमा समेत नियमित कार्यक्रम हुँदै आएको छ ।

एकआपसमा सहयोग र सद्भाव, मायाँ, प्रेम र करुणबाट नै मानिसमा उर्जा भर्न सकिन्छ । जिवनप्रतिको आशालाई थप बलवान बनाउन सकिन्छ ।

‘ध्यानको माध्यमबाट क्रोध, द्धेश, कुण्ठा हटाई जिवनलाई सजिलै १२० वर्षसम्म बाँच्नसक्ने बनाउन सकिन्छ ।’ कार्यक्रममा शान्तिवनका संस्थापक विजय बज्राचार्यले भने–सानो प्रयासबाट ठूलो र जिवन उपयोगी परिणाम दिनु नै शान्तिवनको उदेश्य हो ।

शान्तिवनले स्वदेश तथा विदेशमा समेत भगवान गौतम बुद्धको प्रतिमा स्थापना गरी साधकहरुमाझ नियमित रुपमा ध्यान साधना लगायतका कार्यक्रम गर्दै आइरहेको छ । ललितपुरको गोदावरी, काभ्रेको धुलिखेल, लुम्बिनी लगायतका स्थानमा बुद्ध प्रतिमा स्थापना गरिएको छ ।

विदेशमा कम्बोडिया, भियतनाम लगायतका मुलुकमा समेत शान्तिवनको प्रयासमा बुद्ध प्रतिमा स्थापना गरिएको छ ।

प्रकाशित : २६ कार्तिक २०७९, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह