Logo

राजनीति

गोपालमान समानुपातिकमा नपर्दा मेडिकल कलेज व्यवसायी खुमा अर्यालको हर्षबढाईं !


GDP Nepal
   २७ मंसिर २०७९, मंगलबार


काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता गोपालमान श्रेष्ठ यसपटक समानुपातिकतर्फ आदीवासी जनजाति क्लष्टरको पहिलो नम्बरमा बसे पनि सांसद बन्ने अवसर पाएनन् ।

पटकपटक मन्त्री भइसकेका र प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासिला नेता श्रेष्ठ २०७४ को निर्वाचनमा एमालेकी पद्मा अर्यालसँग प्रत्यक्ष निर्वाचनमा पराजीत भएका थिए ।

श्रेष्ठ देउवालाई सधैँ साथ दिनेमात्र नभइ देउवाले पार्टी फुटाएपछिको समयमा पार्टीका तर्फबाट अन्तरपार्टी बैठकका बेला महत्वपूर्ण निर्णय र हस्ताक्षर गर्ने व्यक्ति पनि हुन् ।

यसपटक श्रेष्ठ सांसद नहुनुलाई आश्चर्यका साथ हेरिएको छ । देउवाको अति विश्वासपात्र भएका कारण उनले चाँडै नै अर्को जिम्मेवारी पाउने अनुमान पनि धेरैको छ ।

गोपालमान श्रेष्ठ समानुपातिक सूचीमा रहेर पनि सांसद बन्न नसक्दा विवादास्पद व्यवसायी खुमा अर्यालमा भने खुसीको सीमा देखिँदैन । २०७४ को निर्वाचनअघि श्रेष्ठ शिक्षामन्त्री रहँदा मेडिकल कलेज सुधार अभियन्ता डा. गोविन्द केसीको पक्षमा महत्वपूर्ण निर्णय गरेपछि खुमा अर्याल श्रेष्ठसँग चिढिएका हुन् ।

डा. केसीको इशारामा निजी मेडिकल कलेजलाई अप्ठ्यारोमा पारेको भन्दै खुमा अर्यालले २०७४ को निर्वाचनमा श्रेष्ठलाई हराउन र पद्मा अर्याललाई जिताउन ठूलै लगानी गरेको बताइन्छ ।

श्रेष्ठ समानुपातिकमा नपरेपछि अर्यालले उनीमाथि आफूलाई सिध्याउन लागिपरेको, एकदिन भए पनि जेल हाल्न खोजेको तथा सम्पत्ति शुद्धीकरणका डिजीलाई घरमै बोलाएर आफ्नो सम्पत्ति रोक्का गर्न भनेको जस्ता आरोप लगाएका छन् ।

यतिमात्र नभै श्रेष्ठनिकट गण्डकी प्रदेशका मन्त्री मेखलाल श्रेष्ठलाई उनले ‘लठैत’को संज्ञा दिँदै उनले श्रेष्ठकै आदेशमा एसपीलाई मुद्दा चलाऊ भनेको भन्नेजस्ता गम्भीर आरोपसमेत लगाएका छन् ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह