राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ)पदमा भ्याकेन्सी खोलेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले विदेशमा रहेका इच्छुक व्यक्तिलाई चितवनस्थित आफ्नो पार्टी कार्यालका लागि सीईओ पदमा भ्याकेन्सी खोलेको जानकारी दिएका हुन् । सूचनामा उनले विदेशमा रहेर व्यवस्थापन क्षेत्रमा दखल राख्ने इच्छुक व्यक्तिलाई आवश्यक बायोडेटा सिभी उपलब्ध गराउन आग्रह गरेका छन् ।
‘यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनुभएका व्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर विकास, सुशासन, व्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुविधासहित म एयर्पोटमा स्वागत गर्न तयार छु,’ उनले भनेका छन्, ‘कति बाकसमा मात्र फर्किने ? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नि, हैन तरु सुरूवात एक जनाबाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो सीभी मलाई पठाउनु होला। म तपाईंलाई लिन आफैं एयरपोर्टमा आउँछु।’
प्रतिक्रिया