Logo

राजनीति

बालकोट बैठक: प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति


GDP नेपाल
   १० पुस २०७९, आइतबार


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेको हो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादीका वरिष्ठ नेता अशोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतको बैठक बसेको थियो । बिहानैदेखि नेपाली कांग्रेससँग चलेको छलफलमा सहमति जुट्न नसकेपछि दाहाल बालकोट पुगेका थिए।

प्रकाशित : १० पुस २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह