Logo

सेयर बजार

६४ अंकले बढ्यो सेयर बजार, साढे तीन अर्बको कारोबार


GDP नेपाल
   २० पुस २०७९, बुधबार


बुधबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ६४.८७ अंकले बढेर दुई हजार१२५.९४ विन्दुमा पुगेको छ ।

बैंकिङ १७, विकास बैंक १६१, फाइनान्स ६८, होटल तथा पर्यटन ५३, जलविद्युत् ९५, लगानी ३, जीवन बीमा १४४, उत्पादन २७९, माइक्रोफाइनान्स २६५, निर्जीवन बीमा २८९, अन्य ५६ र ब्यापार उपसमूह २०३ अंक बढेको छ ।

आज साल्ट ट्रेडिङ, हिमालयन डिस्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, पिपुल्स पावर, नाडेप लघुवित्त र खप्तड लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, बाराही हाइड्रोपावर, आरएसडीसी लघुवित्त, विन्ध्यवासिनी हाइड्रो, हिमालयन हाइड्रोपावर, र आशा लघुवित्तको सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि आज नेपाल एसआईबी बैंक डिबेन्चर को सेयर झण्डै २ प्रतिशतले घटेको छ ।

यस दिन २५८ कम्पनीका ८७ लाख कित्ता सेयर तीन अर्ब ५० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको ११ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित : २० पुस २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह