प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ६.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद गरी ७.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।










प्रतिक्रिया