Logo

राजनीति

जनताले दिएको मत आशाको मत हो : गृहमन्त्री लामिछाने


GDP नेपाल
   २५ पुस २०७९, सोमबार


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूहरूले पाएको मत निराशाको नभई आशाको मत भएको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले सो कुरा बताएका हुन् ।

‘कतिपयले तपाईंहरूले प्राप्त गर्नुभएको मत निराशाको मत हो भन्नुभएको छ । तर म जनताले दिएको मतलाई आशाको मत हो भन्छु,’ उनले भने ‘यो हाम्रो दलका लागि मात्रै होइन, सम्पूर्ण दलमाथि गरिएको आशाको मत हो । योपटक जनताले जानेर वा नजानेर जसरी मत दिएका छन्, यसमा हामी जस्ता दललाई नमात्तिने गरी र पुरानालाई सच्चिँने गरी मत दिनुभएको छ । यसलाई स्वीकार गरेर जानुपर्छ ।’

यस्तै, उनले सरकार भ्रष्टाचारविरुद्ध प्रतिबद्ध रुपमा खडा रहने जनाएका छन् । कुनै पनि समयमा भएको भ्रष्टाचारको फाइल खोल्ने बताउँदै उनले भने ,‘कुनै पनि समयमा भएको भ्रष्टाचारको फाइल निर्ममताका साथ खोल्नेछौँ । यो सरकार त्यसमा प्रतिबद्धरूपमा खडा हुनेछ’ ।

प्रकाशित : २५ पुस २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह