Logo

राजनीति

सत्ता साझेदार दलबीच टुङ्गियो मन्त्रालयको भागबन्डा


GDP नेपाल
   ३ माघ २०७९, मंगलबार


सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साझ बसेको संयन्त्रको बैठकले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय टुङ्गो लगाएको हो । सो बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा झन्डै पाँच घण्टा लामो वार्ता भएको थियो ।

गत पुस १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको हो ।

स्रोतका अनुसार एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पाउने भएको छ ।

त्यस्तै, माओवादीले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन पाउने भएको छ भने रास्वपाले गृह, शिक्षा र श्रम तथा राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ । जनमत पार्टीले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएको छ भने जसपालाई शहरी विकाससहित दुई मन्त्रालयको जिम्मा लगाइने भएको छ ।

यस्तै, तीन राज्यमन्त्रीमा माओवादी, रास्वपा र राप्रपा रहनेछन् ।

प्रकाशित : ३ माघ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह