Logo

राजनीति

कुन पार्टीबाट को-को बन्दैछन् मन्त्री ?


GDP नेपाल
   ३ माघ २०७९, मंगलबार


मन्त्रालय भागबन्डाको टुङ्गो लागेसँगै सत्ता साझेदार दलहरू मन्त्रीको नाम फाइनल गर्ने कार्यमा लागेका छन् ।

सोमबार सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले एमालेलाई ८, माओवादीलाई ४, रास्वपा र राप्रपालाई ३र३ र जनमत पार्टीलाई एक मन्त्रालय भागबण्डा गरेको थियो ।

जसअनुसार माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् भने अमनलाल मोदीको मन्त्रालय भने अझै टुङ्गो लागेको छैन ।

एमालेबाट परराष्ट्र मन्त्रीमा डा.विमला राई पौडेल, स्वास्थ्य मन्त्रीमा पदम गिरी रहेका छन् भने भगवती चौधरी र हरि उप्रेतीको मन्त्रालय टुङ्गो लगाउन बाँकी नै रहेको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की चयन भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र विक्रम पाण्डे सहरी विकास मन्त्री हुने भएका छन् ।

प्रकाशित : ३ माघ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह