काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा लगाइरहेको एलसी मार्जिन खारेज गरेको छ।
‘विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ को इ.प्रा. परिपत्रः ०१÷२०७८ को दफा १.१७ लाई खारेज गरिएको छ,’ बिहीबार राष्ट्र बैकले जारी गरेको सर्कुलरमा उल्लेख छ।
गाडीलगायत केही वस्तुको आयातमा अहिले एलसी मार्जिन ५० प्रतिशत छ। बाँकीमा भने शतप्रतिशत छ।
अहिले करिब ३०० वस्तुको आयातमा एलसी मार्जिन लाग्छ। वस्तु आयात गर्न लाग्ने पैसा बैंकमा बुझाएपछि मात्र बैंकले एलसी खोल्छ। यसअघि जोखिम अनुसार ५र१० प्रतिशत मार्जिन राखेको हुन्थ्यो। राष्ट्र बैंकले यो खारेज गरिदिएको छ।











प्रतिक्रिया