काठमाडौँको मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या देखिएको छ ।
विमानस्थलमा भिजिबिलिटी कम हुँदा मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको नेपाल एयरलाइन्सको आरए-४१६ विमान भारतको कोलकता पुगेको छ।
यस्तै, नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरलाइन्सको विमान पनि काठमाडौँमा अवतरण हुन नसक्दा झापाको चन्द्रगढी पुगेको छ । शुक्रबार बिहान करिब ७:३० बजे उडेको श्री एयरलाइन्सको विमान खराब मौसमका कारण चन्द्रगढी एयरपोर्टमा अवतरण भएको हो ।
यस्तै, भारतको मुम्बइबाट आएको भीटीआई १५१ जहाज पनि आकाशमै फन्को मारिरहेको विमानस्थलले जनाएको छ ।
प्रतिक्रिया